+
+

‘ब्रान्डेड चुनाव चिह्नमाथि चुनौती’

कांग्रेसले रूख चिहृन रोज्नुको पछाडि कुनै बलियो कारण छैन । त्यसबेला गाउँघरतिर चौतारा प्रचलित थिए । कांग्रेसले हामी आमनेपाली जनताका हौं, चौतारा हौं भन्ने दृष्टिकोणले रूख चिहृन लिएको हुनुपर्छ । तर, यो निर्वाचनले चिहृन मात्रै ठूलो कुरो होइन रहेछ भन्ने संकेत दिएको छ ।

राजेश गौतम, इतिहासकार राजेश गौतम, इतिहासकार
२०७९ जेठ १३ गते १९:१४

२०१५ सालको चुनावभन्दा अगाडि रातो, हरियो रंगमा मत हाल्ने प्रणाली थियो । २०१५ सालमा भने राजनीतिक दलहरूले चिहृन लिए । नेपाली कांग्रेसले रूख, गोरखा परिषदले छाप्रो र नेपाल प्रजापरिषद्को हलो चिह्न थियो । नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न मकैको घोगा र हँसिया थियो ।

दलहरूले चिहृन लिएर लड्नुपर्छ भन्ने अवधारणा भने अरू देशकै सिको थियो । नेपालले भारतबाट सिकेको हो । भारतमा जस्तो किसिमले चुनाव हुन्थ्यो, त्यस्तै किसिमले नेपालको चुनाव प्रणाली अगाडि बढ्यो । अरू देशमा पनि आ-आफ्नो ट्रेडमार्क (चुनाव चिह्न) लिएर लड्ने परम्परा थियो ।

भारतमा राजनीतिक दलहरूले चुनाव चिह्न लिएर लडेपछि नेपालमा पनि त्यस्तै संस्कृतिको विकास भएको थियो । कांग्रेसले रूख चिह्न रोज्नुको पछाडि त्यस्तो बलियो कारण छैन । त्यसबेला गाउँघरतिर चौतारा प्रचलित थिए । कांग्रेसले हामी आमनेपाली जनताका हौं, चौतारा हौं भन्ने दृष्टिकोणले रूख चिहृन लिएको हुनुपर्छ । अरू दलहरूले पनि हामी सबैको हौं भन्ने देखाउने गरी चिहृन लिए ।

राजनीतिक दलहरू विस्तारै विकसित हुँदै गए, विस्तार भए । त्यसरी विकसित हुन एउटा चिहृनमा बाँधिनुपर्ने भयो । कांग्रेसभित्र विभिन्न दृष्टिकोण थियो । भिन्न दृष्टिकोणमा रहेकाहरूलाई एउटै विचारमा बाँध्ने आधार त चाहियो । त्यस्तो आधार रूख चिहृन बन्यो । नत्र कांग्रेस पार्टी भनेर चुनावमा उठ्ने, तर चुनाव चिहृन भने अलगअलग हुने भयो । यसरी एउटा पार्टीमा केन्द्रीकृत गरी मूल पार्टीका रूपमा प्रस्तुत हुन रूख चिहृनले सहयोग पुग्यो ।

यसरी विविध सोच र विचारलाई एउटै रूप दिन पनि चुनाव चिहृनले काम गर्‍यो । त्यसबेला कैयौंले बीपीकै विरोध गरेका थिए । सूर्यप्रसाद उपाध्याय, गजेन्द्रनारायण सिंह हुनुहुन्थ्यो । कांग्रेसभित्र ५, ६ वटै विचारधारा थियो । त्यति हुँदाहुँदै पनि हामी एउटै पार्टीका हौं भन्ने आधार रूख चिहृनले दियो । पार्टीभित्र सबैलाई एउटै मूलधारमा बाँध्ने काम चिहृनले गर्‍यो ।

त्यस्तै अभ्यास र अनुभूति कम्युनिस्ट पार्टीमा पनि गराइयो । कम्युनिस्टहरू अलग अलग थिए, अनेक चिहृन राखे । तर हँसिया हथौडाले सबैलाई बाँध्यो, चिनायो । फुटेर अनेक हुँदा पनि त्यो चिहृन (हँसिया हथौडा) स्थापित गरे । कांग्रेसभित्र अनेक मत भए पनि चुनाव चिहृन भनेको पार्टी हो, रूखमै भोट हाल्नुपर्छ भन्ने दृष्टिकोण विकास भयो । दलहरूलाई चिनाउन चुनाव चिहृन नै ट्रेडमार्क जस्तो रहृयो ।

तर, यो स्थानीय चुनावमा त्यस्तो दृष्टिकोण कमजोर बन्न पुगेको छ । यो चुनावले ब्रान्डेड चिहृनबाट मात्रै भोट लिन सकिन्छ भन्ने कुरामा बेग्लै दृष्टिकोण बनाउन बाध्य बनाएको छ । निर्वाचनमा चिहृन मात्रै ठूलो कुरो होइन रहेछ भन्ने यसले प्रष्ट संकेत दिएको छ ।

तर अहिले पनि एकता र साझा अनुभूतिका लागि दलहरूलाई चुनाव चिहृन आवश्यक छ । गैरदलीय उम्मेदवारको जित नेताहरूको व्यवहार र सोचाइका कारणले भएको विद्रोह मात्रै हो । अहिले पनि प्रजातान्त्रिक विचारधारामा अगाडि बढ्ने पंक्ति ठूलो छ । तर, त्यो पंक्तिले रूख चिहृन लिएर अगाडि बढ्ने स्थिति रहेन । त्यसैले बालेनले लौरो चिहृन लिए ।

बालेन पनि लोकतान्त्रिक मान्छे थिए होलान् । तर रूख चिहृन लिएर अगाडि बढ्ने स्थिति थिएन । त्यसैले अर्को चिहृन खोजे । रूख चिहृनले नै सबै प्रजातान्त्रिक शक्ति समेट्छ भन्ने कुरा यसपटक कमजोर हुन गयो ।

अर्कातिर अहिले चिहृन चिनाउन सजिलो पनि भएको छ । आमनेपालीलाई सूचनाप्रविधि र सामाजिक सञ्जालले प्रभाव पारेको छ भन्ने दाबी गर्न सकिन्न, त्यो समय अझै कुनुपर्छ । तर, बुद्धिजीवी वर्ग र सामाजिक चेतना भएका वर्गमा सामाजिक सञ्जालले भूमिका खेलेको छ ।

अहिलेको निर्वाचनले राजनीतिक दलहरूप्रतिको असन्तुष्टि पनि राम्रो गरी देखाएको छ । धरान होस् या अरू कुनै ठाउँ, राजनीतिक दलहरूप्रतिको वितृष्णा र असन्तुष्टि देखियो । नेताहरूले पुग्नै नसकिने आश्वासन देखाएर जनतालाई ढाँट्ने प्रवृत्ति विकास गरे, त्यसको परिणामका रूपमा पनि स्वतन्त्र उम्मेदवारले जिते ।

दलका नेताहरूको ढाँट्ने प्रवृत्तिबाट नेपाली जनताले परिवर्तन खोजेको संकेत पनि हो । अर्कातिर दलहरू आफूलाई पुरानो र आम नेपाली जनतामा भिजेका पार्टी भएको दाबी गर्छन् । यति लाख युवा भोटर बढेका छन् पनि भन्छन्, तर त्यो पुस्तालाई समेट्ने दृष्टिकोण प्रस्तुत गर्न सक्दैनन् । यो स्थिति पनि देखियो ।

पार्टीले युवा पुस्ता समेट्न र उनीहरूमा आफ्ना विचार र सिद्धान्त स्थापित गर्न नसकेको सन्देश पनि यो चुनावले दिएको छ । मुख्यगरी काठमाडौंको मतले त्यो पुष्टि गर्‍यो । किनभने काठमाडौंमा कांग्रेस र कम्युनिस्ट कसैले पनि युवा पुस्तामा आफ्नो प्रभाव राम्रोसँग स्थापित गर्न नसकेको देखियो ।

अब राजनीतिक दलहरूले के गर्नुपर्छ भने आफ्नो विचारलाई जनताको बीचमा, युवा पुस्ताको बीचमा पुर्‍याउनुपर्‍यो र आफ्नो विचारधारा स्थापित गरेर अगाडि बढ्नुपर्छ । यदि त्यो भएन भने हिजोकै ढर्रामा चलिरहे भने राजनीतिक दलहरूका निम्ति नराम्रो स्थिति आउन सक्छ । भोलि अझ नराम्रो स्थितिको सामना गर्नुपर्ने हुन्छ, पार्टीहरू दुर्घटनामा पर्न सक्छन् ।

त्यसैले दलहरूको पुरानो चिहृनको शासनमा नयाँ मतदाताले विद्रोह गरेको रूपमा यो चुनावलाई लिनुपर्छ । आज लौरोमा उठे, भोलि अर्कै चिहृनमा उठ्ला । निर्वाचन आयोगले आकांक्षी युवालाई कांग्रेसकै चिहृन दिएर उठाउन त सक्दैन । त्यसपछि स्वतन्त्र चिहृन अपरिहार्य बन्छ । त्यसरी स्वतन्त्र चिहृन लिनु भनेको ब्रान्डेड चिहृनहरूमाथि चुनौती हो ।

कम्युनिस्ट पार्टीमाथि चुनौती हो, कांग्रेस पार्टीमाथि पनि यो चुनौती हो । त्यो चुनावबाट बच्न पार्टीहरूले आफूलाई सच्याउनुपर्छ । किनकि सधैं स्वतन्त्रले नै जितेर देश चल्छ भन्ने हुँदैन । राजनीतिक विचारधारा नभई स्वतन्त्र रूपमा देश चल्छ भन्ने हुन्न । देशमा राजनीतिक दलहरू भएपछि दलकै हिसाबले अगाडि बढ्नुपर्छ । दलहरू जनताबीच स्थापित गर्न जरूरी छ ।

(इतिहासकार गौतमसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको संक्षिप्त कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?