+
+

सुनचाँदी व्यवसायी मञ्चको कार्यसमिति भंग, डम्बर बराइलीको नेतृत्वमा तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १३:४५
मञ्चको तदर्थ समितिका संयोजक डम्बर बराइली

१ साउन, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको वर्तमान कार्यसमिति भंग गरिएको छ । आन्तरिक विवादका कारण गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा रहेको कार्यसमिति विघटन गरी मञ्चले डम्बर बराइलीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

निवर्तमान अध्यक्ष लकान्द्रीले संस्थालाई मनोमानी ढंगले चलाएको, हरहिसाब पारदर्शी नदेखाएको, नियमावलीलाई दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै बराइली लगायतका अन्य पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

प्रशासनको रोहबरमा भएको छलफलमा लकान्द्रीले पदबाट राजीनामा दिने र तदर्थ समिति गठन गरेर चाँडै साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको थियो ।

‘संस्था मनपरी ढंगले चलेको थियो, अब चाँडै साधारणसभा गरेर नयाँ कार्यसमिति निर्वाचित गर्छौं,’ संयोजक बराइलीले भने, ‘संस्थालाई सबैको साझा बनाएर अघि बढाउने हाम्रो अठोट छ ।’

लकान्द्रीले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गर्दै आएका छन् ।

२०७२ सालमा स्थापना भएको मञ्चले सुनचाँदी व्यवसायीको हकहित तथा यस क्षेत्रका मुद्दा उठाउँदै आएको छ । लकान्द्री स्थापनाकालदेखि नै मञ्चको अध्यक्ष रहँदै आएका थिए । संयोजक बराइली निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?