+
+

‘प्रोभिजन राइटब्याक’ले बढायो इन्भेष्टमेन्ट बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:३३

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दनीमा सामान्य वृद्धि र सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन राइट ब्याक गर्दा बैंकको नाफा बढेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार चार अर्ब ८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा तिन अर्ब ५५ करोड ८६ लाख नाफा कमाएको बैंकको नाफा गत आबमा १४.८३ प्रतिशतले नाफा बढेको हो ।

गत आबमा खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढाएर ५ अर्ब ९४ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो  आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५९ करोड ३१ लाख रहेको थियो । गत आर्थिक वर्षमा बैंकको व्यवसायमा खासै वृद्धि नहुँँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर बढाउााद खुद ब्याज आम्दानी बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.३३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४ प्रतिशत पुगेको छ । जसले बैंकको ब्याज बढेको छ ।

यस्तै बैंकले गत आबमा सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजनबाट १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ राइट ब्याक गरेकेा छ । जसले गर्दा बैकको कर्मचारी खर्च १ अर्ब ७० करोड ८१ लाखबाट बढेर १ अर्ब ९३ करोड ४४ लाखमा पुग्दा पनि बैंकको सञ्चालन मुनाफा सँगै नाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा ३१.४१ प्रतिशतले वृद्धि भएर पाँच अर्ब ११ करोड ९५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले ६ अर्ब ७२ करोड ७६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी समान्य बढेको छ । अघिल्लो आबमा २२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा २२ रुपैयाँ ३२ पैसा पुगेको छ । यस्तै  बैंकको प्रतिसेयर नेटवर्थ  भने १९८ रुपैयाँ २८ पैसाबाट घटेर  १८७ रुपैयाँमा झरेको छ ।

गत आवमा बैंकको निक्षेप एक खर्ब ७४ अर्ब ५५ करोड ७७ लाखबाट ५.८६ प्रतिशतले वृद्धि भई एक खर्ब ८४ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ५६ अर्ब ८१ करोड ६७ बाट ०.४२ प्रतिशतले बढेर एक खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ५.५४ प्रतिशतबाट बढेर ८.५९ प्रतिशत पुगेको छ । निष्त्रिmय कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ । यस्तै पूँजी कोष अनुपात १४.४७ प्रतिशतबाट बढेर १५.९९ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब ३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?