+
+

कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:०१
फाइल तस्वीर

१३ साउन, काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडिङ) विधि लागू भयो ।

तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो । कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ ।’

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो ।

१६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?