
काठमाडौं । मिस नेपाल उत्तर अमेरिकाको उपाधि जितेसँगै प्रतियुशा बोहरा मिस नेपाल २०२३ को फाइनलमा सिधै प्रवेश गरेकी छन् । हिडन ट्रेजरले उनी आगामी मिस नेपालको फाइनलिस्टमा छानिएको जनाएको छ ।
उनी मिस नेपालको आउँदो संस्करणमा छानिने पहिलो प्रतियोगी पनि भएकी छन् । हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच भएको सम्झौताअनुसार नर्थ अमेरिका पेजेन्ट जित्ने विजेताले मापदण्ड पुगे मिस नेपालमा प्रतिस्पर्धाको मौका पाउने सहमति भएको थियो ।
मिस नेपाल उत्तर अमेरिका पेजेन्टका आयोजक शैलेश श्रेष्ठले प्रतियुशाले मिस नेपालका सबै मापदण्ड पूरा गर्ने बताए । हिडन ट्रेजर निर्देशक प्रमोद कंसाकारले पनि प्रतियुशा आगामी संस्करणको फाइनलिस्ट बनेको बताए ।
सन् २०२२ मा मिस नेपालमा २४ जना फाइनलिस्ट थिए । आगामी वर्ष फाइनलिस्ट कति पुर्याउने निधो छैन । गतसाता भएको प्रतिस्पर्धामा प्रतियुशाले उपाधि जितेकी थिइन् ।
प्रतिक्रिया 4