+
+

हिमेश पन्तले ९ सहरमा स्ट्यान्डअप कमेडी टुर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:३४

काठमाडौं । हिमेश पन्तसहितका चार जना चर्चित हास्य कलाकारले देशव्यापी स्ट्यान्डअप कमेडी टुर गर्ने भएका छन् । ‘कलेजतिर’ नाम दिइएको यो टुर मुलुकका नौ सहरमा आयोजना हुने भएको छ ।

कमेडी च्याम्पियन समेत रहेका हिमेशका अनुसार भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुने टुर काभ्रेको धुलिखेलमा आएर टुंगिनेछ । हिमेशसहित सुजन जिम्बा, डोरेश खतिवडा र सरोज भण्डारीले पनि टुरमा सहकार्य गर्नेछन् ।

विराटनगर, बुटवल, हेटौंडा, भरतपुर, पोखरा, काठमाडौं र ललितपुरमा समेत कार्यक्रम हुनेछ । युवालक्षित कार्यक्रम ती सहरका कलेजमा सञ्चालन हुने जनाइएको छ । भदौ महिनाभर टुर चल्नेछ ।

‘मोफसलका दर्शकमा लाइभ स्ट्यान्डअप कमेडीको अनुभव दिलाउने उद्देश्यले टुर गर्न लागेका हौं,’ हिमेशले अनलाइनखबरसँग भने, ‘युवासँग सम्बन्धित इस्युमा रहेर हामीले स्ट्यान्डअप कमेडी गर्नेछौं ।’

युरोपेली मुलुक रोमानियामा डेब्यु फिल्म ‘वर एण्ड वधु’ छायांकन सकेर फर्किएपछि हिमेश टूरमा जुटेका हुन् । यसबाहेक उनी केदारप्रसाद घिमिरे माग्ने बुढाको रियालिटी शो ‘कमेडी हब’मा पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?