
८ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं-७ चाबहिल बस्ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध महाकालबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि २०७८ चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका उनीमाथि थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4