
११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सोविता गौतमले विदेशमा पसिना बगाइरहेका र पेशा अपनाइरहेका नेपालीहरु देशको मुहार फेर्नका लागि फर्कनु पर्ने बताएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंको खुल्लामञ्चमा भएको उपत्यका भेलामा उनले भनिन्, ‘घरको छाना टाल्न विदेशीयका नेपालीहरु अब देशको बेथितीको भ्वाङ्ग टाल्न फर्कनु पर्छ ।’
अक्सफोर्डमा पढाउने प्राध्यापकहरु त्रिभुवन विश्वविद्यालयमा पढाउन फर्कनु पर्ने बताउँदै उनले भनिन्, ‘युरोप अमेरिका जस्ता देशमा उपचार गर्ने देश अब हुम्ला जुम्ला बाजुरमा उपचार गर्न फर्कनु पर्छ ।’
स्थापित दलका नेताहरुले लोकतन्त्र प्रजातन्त्र ल्याएको भनेर दाबी गरे पनि त्यो कागजमा मात्रै सिमित रहेको बताइन् । अमेरिका पत्ता नलाग्दै नेपालमा मानदेवले पैसाको कारोबार गर्न सुरु गरेको प्रशंग निकालेर उनले भनिन्, ‘हरियो पासपोर्ट बोकेर जब हामी विदेश जान्छौं, त्यहाँ गर्ने विभेदले हाम्रो स्तर जनाउँछ हामी कहाँ छौं भनेर ।’
उनले अबको ८० वर्षको भविष्य हेरेर योजना बनाउन युवाले मात्र सक्ने भन्दै उनले अब जनताले युवालाई रोज्नु पर्ने बताइन् ।
भिडियोमा हेर्नुहोस् :
प्रतिक्रिया 4