+
+

रुपन्देही ५ (ख) मा कांग्रेसबाट फखरुद्दिन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १६:३२

१५ भदौ, बुटवल । रुपन्देही–५ प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसले फखरुद्दिन खानलाई सिफारिस गरेको छ । खान नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हुन् ।

क्षेत्रीय समितिको वैठकले खानलाई सर्वसम्मत सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ वसिउल्लाह मुसलमान, मोहम्मद शहीद खान, शेषमणि यादव, वीरेन्द्र त्रिपाठी र सूर्यमणि उपाध्याय गरी ५ जना सिफारिस भएका छन् ।

प्रदेश सभा क्षेत्रीय समितिले गरेको सिफारिस माथिल्लो समितिले बदर गर्न नमिल्ने र सुझाव मात्रै दिन सक्ने कांग्रेसको विधानमा व्यवस्था भएकाले सिफारिस भएका नामहरु नै अन्तिम हुने छ ।

जिल्लाका ५ प्रतिनिधि सभा र १० वटा प्रदेश सभा क्षेत्र मध्ये रुपन्देही ५ (ख) उम्मेदवार सिफारिस गर्ने पहिलो क्षेत्र भएको छ । अरु प्रदेश सभा क्षेत्रले बिहीबारसम्म प्रदेश सभाको उम्मेदवार सिफारिस गरिसक्ने नेपाली कांग्रेस जिल्ला सचिव हरि काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?