+
+

राष्ट्रपतिबाट १५ महिला चिकित्सक सम्मानित 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:०८

१६ भदौ, काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ जना महिला चिकित्सकलाई सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा १५ जनालाई ‘वुमन इन मेडिसिन’ र ‘वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।

नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालका महिला चिकित्सकले स्वास्थ्य सेवालाई ग्रामिण स्तरसम्म पुर्‍याउन उल्लेखनीय भूमिका निवार्ह गरेकाले योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको बताए ।

संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो । महिला चिकित्सकको छनोट गर्नका लागि नेपाल चिकित्सक संघले संघका वरिष्ठ आजीवन सदस्य प्रा.डा चन्दा कार्कीको संयोजकत्वमा संघका अध्यक्ष डा. केदार नरसिंह केसी र डा. अन्जनीकुमार झा संरक्षक रही सात सदस्यीय छनोट समिति गठन गरेको थियो ।

वुमन इन मेडिसिन अवार्ड पाउनेमा प्रा.डा आश्मा राणा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट, प्राडा. रोश्ना अमात्य (एनेस्थेसिया) , डा. स्वराज राजभण्डारी (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट), डा. तीर्था राणा (पब्लिक हेल्थ फिजिसियन), डा. बसुधा खनाल (माइक्रोबायोलोजी), डा. कमला बुढाथोकी (डर्माटोलोजी), डा. लक्ष्मीनानी श्रेष्ठ (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट), डा. मिरा मल्ल (डेन्टल), डा. उषा शाह (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट) र डा. मिथिला शर्मा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट रहेकी छिन् ।

त्यसैगरी वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनेमा डा. नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी), डा. विमला ओझा (डर्माटोलोजी), डा. गीता बस्नेत (रेडियोलोजी), डा. रेवा श्रेष्ठ (मेडिकल अफिसर) र डा. ओमविक्रम शाह (रेडियोलोजी) छन् ।

वरिष्ठ चिकित्सक महिलाको यस्तो छ योगदान ?

२० वर्ष अनवरत रुपमा स्वास्थ्य सेवा प्रवाहमा समर्पित भएको, दुर्गम क्षेत्रमा कम्तिमा ५ वर्ष सेवा गरेको, जनचेतनामूलक कार्यक्रम तालिम, सेमिनार तथा शैक्षिक गतिविधिमा संलग्न भएको महिलालाई अवार्ड प्रदान गरेको हो ।

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहको दौरानमा समाजबाट उच्च सम्मानका साथ प्रतिष्ठित छवि बनाएको, प्राकृतिक प्रकोप, बाढी पहिलो, झाडापखला तथा कोरोना महामारी रोकथामका लागि अतुलनिय योगदान पुर्‍याएको, सेवाको दौरानमा विभिन्न बाधा अड्चनलाई नेतृत्वदायी भूमिका निवार्ह गरी सौहार्दपूर्ण वातावरणमा समन्वयकारी भूमिका निवार्ह गर्न सफल भएका महिला चिकित्सकलाई अवार्ड प्रदान गरिएको छ । यस्तै खोज तथा अनुसन्धानमूलक कार्यमा संलग्न भई नीतिगत निर्देशिकाहरु, रणनीतिमूलक कार्यपत्र बनाई नेपाल सरकारलाई सहजीकरण गरेको, विभिन्न व्यावसायिक संघ संस्थाहरुको नेतृत्वदायी भूमिका निवार्ह गरेको, चिकित्सा सेवामा नैतिकवान भई व्यावसायिक दक्षता मार्फत उच्च तहका राष्ट्रिय एवं अन्तराष्ट्रिय सभा सम्मेलनमा सहभागिता जनाएका महिलालाई प्राथमिकतामा राखी अवार्ड प्रदान गरिएको संघका अध्यक्ष डा. कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?