+
+

पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु, पर्यटनमन्त्री आफैंले लगाए झाडु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १२:४१

१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनमा सघाउ पुर्‍याउने मन्त्री श्रेष्ठले बताए ।

शुक्रबारको अभियानमा सरकारी कर्मचारी, सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?