+
+

यसपटक जनताले पार्टीमात्र हेरेर भोट हाल्दैनन् : झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १४:५०

२३ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले मत दिने बेलामा पार्टी मात्रै नहेर्ने बताएकी छन् ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले उम्मेदवार र एजेण्डालाई हेरेर जनताले मत दिने तर्क गरिन् । नेकपा एमालेले ल्याएका पानी जहाज, रेलजस्ता मुद्दामा जनता नअल्मलिने भन्दै उनले स्थानीय माग र आवश्यकताका एजेण्डा ल्याउने दल र उम्मेदवारलाई यसपटक जनताले मत दिने दावी गरिन् ।

एमाले नेता गोकर्ण विष्टको नाम नलिई उनले गुल्मी–२ मा पटक पटक चुनाव जिते पनि त्यहांको विकास र जनताको माग सम्बोधन हुन नसकेको बताइन् । गुल्मी–२ ले नयाँ अनुहार खोजेको झाँक्रीको दावी छ । ‘जनताले पार्टी मात्र हेरेर भोट हाल्दैनन्, आफ्ना माग र एजेण्डा बोक्ने उम्मेदवारलाई भोट दिन्छन्’, उनले भनिन्, ‘जनताले परिवर्तन खोजेका छन् ।’

मुलुकको हितको लागि गठबन्धन आवश्यक रहेको झाँकीले तर्क गरिन् । ‘विश्वका अन्य देशमा पनि गठबन्धन संस्कृति छ, नेपालमा पनि सफल हुन्छ’, नेता झाँक्रीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?