
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत बिरामी मीतलाई भेटेका छन् । केही समयदेखि बिरामी रहेका मीत नरबहादुर बलायरलाई आइतबार भेट्दै प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए ।
डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मीत लगाएका हुन् । आफूलाई सम्झेर अस्पतालसम्म आएकोमा बलायरले मीत देउवालाई धन्यवाद भनेका थिए ।
देउवाका मीत नरबहादुरका भाइ वीरबहादुर बलायर कांग्रेसबाट चुनाव जितेरका र मन्त्रीसमेत भएका नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4