+
+

‘बेनीको बजार’ गीतका मोडल तथा फिल्म निर्देशक दीपसागरको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १४:४१

काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ ।

लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए ।

डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन् । ‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो । उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए ।

डीसीको निधनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?