
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायबाटै व्यवस्थामाथि प्रहार भएको बताएका छन् ।
‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु,’ उनले भनेका छन् ।
संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेपछि नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । यस्तो कार्यले प्रणाली नै खतरामा पर्ने उनको भनाइ छ ।
जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको उनले बताए ।
पहिलो पटक सन्देशसहित विधेयक फिर्ता भएपछि दुवै सदनबाट पारित भएर पुन: प्रमाणीकरणका लागि पठाइएको थियो । तर, भण्डारीले प्रमाणीकरण गरिनन् ।
संघीय संसद्ले दुई/दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया 4