+
+

बुटवलमा दशैं सस्तो बजार सुरु 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १३:२५

९ असोज, बुटवल । बुटवलमा दशैं लक्षित सस्तो बजार सञ्चालन भएको छ । बुटवल हाटबजारस्थित बालमन्दिरमा सोमबारदेखि सस्तो बजार सञ्चालन भएको हो ।

दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । नगर प्रमुख पाण्डेयले उपभोक्तालाई गुणस्तरीय वस्तु बिक्री वितरण गर्न व्यवसायीहरुलाई सुझाव दिए ।

दशैं सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरु, दुग्ध विकास संस्थान र खाद्य संस्थानले वितरण गर्ने घिउ, पनिर, नुन, चामल, तेल, कपडा, जुत्ता चप्पल र फलफूलका ३० वटा स्टल रहेका छन् ।

दशैं सस्तो बजारमा बजार मूल्य भन्दा १० देखि २५ प्रतिशतसम्म कम मूल्यमा सामान बिक्री वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था पनि मिलाइएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठले जानकारी दिए ।

उद्योग वाणिज्य संघ बुटवलको आयोजनामा प्रत्येक वर्ष घटस्थापनादेखि पाँच दिन दशैं सस्तो बजार सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?