+
+

तेस्रो कौसी क्वीनको उपाधि ललितपुरकी देबोरा अधिकारीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १७:२०

काठमाडौं । कौसी क्वीनको तेस्रो संस्करणको उपाधि ललितपुर कुसुन्तीकी देबोरा अधिकारीले जितेकी छन् । आइतबार नयाँ बानेश्वरमा भएको फिनालेमा दोस्रो कौसी क्वीन राधा ढकालले अधिकारीलाई ताज पहिराइन् ।

विजेता अधिकारीलाई पुरस्कार भने उनको कौसी खेती हेरेर आवश्यक सामग्री प्रदान गरिने आयोजक हलोखबर डटकमका अध्यक्ष मनोज श्रेष्ठले बताए । प्रतियोगितामा कपनकी कमला भट्टराई फस्ट रनरअप र कुशेश्वरकी ७३ वर्षीया कृष्णमैया अधिकारी सेकेन्ड रनरअप घोषित भए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, सचिव डा. गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो । प्रतियोगितामा देशभरबाट २५ जना भन्दा बढी कौसी खेती गर्ने महिलाहरु सहभागी थिए ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा कौसी खेती गरिरहेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?