+
+

धादिङ १ (क) मा एमाले पूर्वअध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:०९

२३ असोज, काठमाडौं । नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ (क) मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकिय सचिवको भूमिकामा काम गरेका थिए ।

झण्डै चार दशक अघिदेखि सक्रिय राजनीतिमा रहेका पौडेलबाट अघिल्लो निर्वाचनमा पनि यसरी नै टिकट खोसिएको थियो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट टिकट पाए पनि अन्तिम समयमा पार्टीले राजेन्द्र पाण्डेका लागि निर्णय गरेको थियो ।

पौडेलले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र भएको अन्यायविरुद्धको लडाईंको संज्ञा दिए । हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका पौडेलको मनोनयन दर्तामा जिल्ला समन्वय समितिका पूर्वप्रमुख जगन्नाथ नेपाल लगायतका एमाले नेताहरूको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?