
२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा सोबिता गौतमले उम्मेदवारी दर्ता गराएकी छिन् ।
पुराना दलले जन भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवाहरूलाई देशमै बस्ने वातावरण बनाउने अभियानसहित उम्मेदवारी दिएको बताइन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर र नेकपा एमालेबाट मणिराम फुँयाल उम्मेदवार बनेका छन् ।
यस्तै प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4