+
+

तिहार नजिकिएपछि एकै दिन १० हजार कुचो बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:२६

३० असोज, काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको छ ।

कुचोको माग बढेसँगै व्यवसायीको व्यस्तता बढेको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए । अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।

‘झाडु, कुचो, थुन्से, नाङ्ला सबै गरेर बेच्ने गरेका छौँ । पहिला तिहारको अघिपछिका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो । तर यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति छैन’ उनले भने, ‘अहिले एउटा कुचोको मूल्य २ सय रुपैयाँ छ, तर घटेर १५० सम्म आउने स्थिति छ ।’

गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताउनु भयो ।

‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ’ उनले भने, ‘काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?