
३१ असोज, काठमाडौं । ललितपुरको जाउलाखेलमा फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी-२०७९ आयोजना गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ ३-६ कात्तिकसम्म मेला सञ्चालन हुने संयोजक सिताराम पन्तले जानकारी दिए ।
सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाइएको छ ।
प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने पन्तले जानकारी दिए । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ८० लाख सम्मको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4