+
+

पूर्व नवलपरासीका एक पुरुष बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते ८:३१

१ कात्तिक, गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ कोलिया बस्दै आएका ५७ वर्षीय नुन बहादुर कार्की बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

बोल्न र सुन्न नसक्ने नुन बहादुर आइतबारदेखि बेपत्ता भएका हुन् । आइतबार दिउँसो उनी कावासोती फलफूलचोकमा देखिएको र त्यसपछि सम्पर्कमा नरहेको उनका भतिज मान बहादुर कार्कीले बताए ।

नुन बहादुरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन समेत दर्ता गराएको उनले बताए । हामीले काका हराएलगत्तै खोजविनको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छौं,’ उनले भने, ‘हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।’

जिल्लाका कावासोती, देवचुली, गैंडाकोट र भरपुर क्षेत्रमा उनको खोजीकार्य गरिए पनि यो खबर तयार पार्दासम्म अवस्था अज्ञात नै छ ।

श्रीमतीको साथमा बस्दै आएका नुन बहादुरका एकमात्र छोरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?