+
+

अमेरिकी राजदूत थम्पसनले बुझाए ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:१३

४ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो ७५ वर्षका उपलब्धीलाई उछिन्नेछ भन्ने सुनिश्चित गर्न म नेपालको नेतृत्व र जनतासँग सहकार्य गर्न उत्सुक छु’, उनलाई उधृत गर्दै अमेरिकी दूतावासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?