+
+

२०७४ मा कम मतान्तरले हार्ने पाँच उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:४५

३० कात्तिक, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि देशभर मतदान भइरहेको छ ।

मतदानको दिन भएकाले मात्र होइन, चुनावको तयारी सुरु भएदेखि नै हारजितको अनुमान हुन्छ ।

र विगतका चुनावमा भएका हारजितलाई पनि सम्झने गरिन्छ । चुनावमा झिनो मतअन्तरले भएका जित हारलाई कडा प्रतिस्पर्धाका रुपमा पनि लिइन्छ ।

यसै सन्दर्भमा २०७४ को चुनावमा कम मतान्तरले हारजित भएका प्रतिनिधि सभाका यी पाँच नजितालाई स्मरण गरौं ।

४७ मतान्तर
२०७४ को चुनावमा सबैभन्दा कम मतान्तरले हारजित भएको क्षेत्र हुम्ला हो । वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका छक्कबहादुर लामाले ४७ मतान्तरले जितेका थिए ।

लामाले ८ हजार ४९१ मत ल्याएर प्रतिनिधिसभा सदस्य जित्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत पाए । लामा यसपटक माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

२५८ मतान्तर

हुम्लापछि कम मतान्तरले हारजित भएको क्षेत्र सुदूरपश्चिमको कञ्चनपुर–३ हो । यो क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका डा.दीपकप्रकाश भट्ट २५८ मतान्तरले जितेका थिए । भट्टले २६ हजार ३६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश लेखकले २६ हजार १०६ मत पाएका थिए ।

लेखकलाई कांग्रेसले यसपटक फेरि उम्मेदवार बनाएको छ । तर एमालेले उम्मेदवार फेरेर निरुदेवी पाललाई उठाएको छ ।

२७९ को मतान्तर

पाँच वर्षको चुनावमा तेस्रो थोरै मतान्तरले नतिजा आएको क्षेत्र मनाङ हो । वाम गठबन्धनका उम्मेदवार बनेका नेकपा एमालेका पाल्देन गुरुङले २७९ मतान्तरले जितेका थिए ।

उनले २ हजार ३०० मत पाएर जित्द कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत पाए । यसपटक दुवै जना चुनावी प्रतिस्पर्धामा छन् ।

३२१ को मतान्तर

२०४८ सालदेखि लगाातार चुनाव जित्दै आएका नेपाली कांग्रेसका बिजय गच्छदारले पनि ०७४ मा अत्यन्तै कम मतान्तरले जितेका थिए । सुनसरी–३ मा कांग्रेसबाट उम्मेदवार रहेका गच्छदारले नेकपा एमालेका भगवती चौधरीलाई ३२१ मतान्तरले हराएका थिए ।

गच्छदारले ३८ हजार ९७२ मत पाउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् । यसपटक पनि गच्छदार र चौधरी नै प्रतिस्पर्धामा छन् ।

३६३ को मतान्तर

०७४ मा पाँचौ कम मतान्तरले हारजित हुने क्षेत्र पनि हिमाली जिल्ला मुस्ताङ थियो । त्यो चुनावमा एमालेका प्रेमप्रसाद तुलाचनले ३६३ मतान्तरमा जितेका थिए । तुलाचनले ३ हजार ५४४ मत पाउँदा कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १८१ मत ल्याएका थिए ।

यसपटक एमालेबाट तुलाचन नै उम्मेदवार छन् भने कांग्रेसबाट योगेश गौचन थकाली उम्मेदवार छन् । ०७४ मा कम मतान्तरले पराजित रोमीका पुत्र योगेशलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?