
८ मंसिर, काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।
अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ ।
केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4