+
+

शेखरको नाम लिदै गगनले भने : हाम्रो विश्वास रत्तिभर डगमगाएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १८:०२

२० मंसिर, विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेता डा. शेखर कोइरालासँगै रहेर अगाडि बढ्ने बताएका छन् ।

मंगलबार कांग्रेस नेता गुरुराज घिरिमेले लेखेको पुस्तक बाटो बिराएको राजनीति विमोचन कार्यक्रममा उनले कांग्रेसको संस्थापन इतर समूह एकठाउँमा रहेको धारणा राखे ।

‘डा. शेखर कोइराला जो सँग पार्टीको महाधिवेशनमा विचार र शैलीका कारणले गर्दा एक ठाउँमा उभियौं, पार्टीलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौं’, उनले भने, ‘हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छाै, पार्टीभित्र व्यापक सुधारका एजेण्डाहरु ल्याउँछौं ।’

महामन्त्री थापाले कांग्रेसले राम्रोसँग सरकार चलाएर देखाउन सके यो चुनावमा कांग्रेसले गुमाएको मत अर्को चुनावमा फर्काउन सकिने बताए । ‘कांग्रेसले यसपटक सही ढंगले सरकार चलाएर देखाउन सक्यो भने लाखौं गुमाएको मत कांग्रेसमै फर्किन्छ, नयाँ मतदाताले पनि पनि कांग्रेसलाई आउँछ’ उनले भने ‘आउँदो चुनावमा कांग्रेस २७ प्रतिशतबाट ४० प्रतिशतको पार्टी बन्छ ।’

अब सत्तारुढ गठबन्धनकै सरकार बन्नेमा शंका नभएको भन्दै उनले तर सरकार कसले र कसरी चलाउने भन्ने कुराको ठूलो अर्थ हुने बताए ।

‘गठबन्धनको सरकार बन्दैगर्दा नेताहरुले निजी कम्पनी चलाएजस्तो खासखुस खासखुस कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैछन् । भित्र भित्र घरका सदस्यलाई अर्को मंसिरपछि त म बन्छु नि भन्छन्, त्यही कुरामा अलि पछि गएर बबण्डर गर्छन्’ उनले भने ।

अब बन्ने सरकारले ठीक ढंगले काम नगरे अर्थतन्त्र सम्हाल्न नसक्ने अवस्थामा पुग्ने पनि महामन्त्री थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?