+
+

२३ मंसिरदेखि लुम्बिनी महोत्सव, १० करोड कारोबार हुने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १८:४०

२१ मंसिर, बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघले २३ मंसिरदेखि आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ । भैरहवाको अञ्चलपुरस्थित मेला स्थलमा पत्रकार सम्मेलन गर्दै संघले स्टल निर्माण, बालउद्यान,सचिवालय निर्माण लगायतका काम पूरा भएको जनाएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उत्पादन सहित स्वदेशी तथा विदेशी उद्योगका ३ सय बढी स्टल रहने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । कोरोना महामारी र आर्थिक मन्दीका कारण शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागि महोत्सव आयोजना गरिएको उनले बताए ।

महोत्सवमा लुम्बिनी प्रदेशको अल्लो उद्योगका उत्पादनदेखि कर्णाली प्रदेशको दाल, गेडागुडीका साथै मुस्ताङको स्याउ समेत उपलब्ध गराइने उनले बताए । यस्तै दुना टपरी र बत्ती काड्ने प्रतियोगिता, अचार बनाउने तालिम, कुस्ती र ब्याडमिन्टन प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणको रुपमा रहने अध्यक्ष न्यौपानेले बताए ।

‘महोत्सवले उद्योगी-व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै लुम्बिनी र आसपासको पर्यटन प्रबर्द्धनका साथै उद्यमशीलताको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन पनि महोत्सवले टेवा पुर्‍याउने छ’ न्यौपानेले भने ।

४ पुससम्म चल्ने महोत्सवमा ३ लाख दर्शकलाई अवलोकन गराई १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य रहेको संघका महासचिव विजय पाण्डेले बताए ।

महोत्सव सञ्चालन गर्न जग्गा र स्थायी संरचना नहुँदा आयोजकले वर्षेनी ४० देखि ५०लाख अनुत्पादक खर्च गर्नुपर्ने वाध्यता रहेकाले जग्गा र स्थायी संरचना निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने महासचिव पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?