+
+

‘लाखे’ निर्माताको फिल्म निर्देशन गर्दै दीपेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १६:२८

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । ‘२ नम्बरी’ र ‘छ माया छपक्कै’सहितका व्यावसायिक सफल फिल्म निर्देशन गरेका उनी हरि मल्ल ठकुरीको आगामी अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । निर्देशक लामा र निर्माता ठकुरीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

ग्रामिण कथावस्तुमा बन्न लागेको यो बेनामे फिल्मको छायांकनका कलाकार चाँडै तय गर्ने जानकारी प्राप्त छ । यसअघि एक्सनप्रधान ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरीले नयाँ फिल्म बनाउन लागेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी छन् । समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राविधिक चयन कार्य केही समयमै गरिने बताइएको छ ।

निर्देशक लामाले केही साताअघि फिल्म ‘नांगो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए । आफ्नो पाँचौ फिल्ममा दयाहाङ राई, मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने दीपेन्द्रको योजना छ ।
हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत महिनामा हुदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?