+
+

निरन्तर यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ३ गते १९:१९

kalpana

तिमी आफ्नो लक्षमा पुग्न

चाहन्छौ भने निरन्तर हिड्दै

जाउ चाहे बाटो भरि धारिला

तरवारहरुनै किन बिछाइएका नहुन्

 

घाउको कुनै प्रबाह नगरी

एक दृढ विश्वासका साथ

लामो यात्रामा हिंडी राख

यस्तो सुन्दर संसारको कल्पना गर

जहाँ कुनै जातीय भेदभाव

नहोस बर्ग संघर्षरहित

व्यवस्था होस्

 

योग्यता अनुसारको काम

अनि काम अनुसारको दाम

सबैलाई समान रुपमा खान

लाउन पुगोस्

यात्रा जतिसुकै कठिन भएता

पनि पनि यिनै सपना बोकेर

सबै श्रमजीवीहरु हातेमालो

गर्दै अगाडि बढ्दै जाउ

 

गन्तब्यमा पुग्न नपाउँदै बाटोमै

दुष्मनका ति सैतानहरुले

तिमीलाई चारैतिरबाट धारिला अस्त्रले

प्रहार गरी तिम्रो बाटो रोक्दै यात्रालाई

असफल पार्ने प्रयन्त गर्न खोज्नेछन्

तर

तिमी कति पनि बिचलित नहुनु

सत्रुको प्रहारलाई विश्वासका साथ

परास्त गर्न सक्यौ भने पक्कै

तिमी आफ्नो गन्तब्यमा

पुग्न सफल हुनेछौ

 

 -कल्पना पौडेल “जिज्ञासु”

गैडाकोट-४,नवलपरासी

हाल: इजरायल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?