संसारमा यस्ता मानिसको कमी छैन, जो सेक्स लाइफ सुन्दर बनाउन हरेक उपाय लगाउँछन् । अर्कोतर्फ यस्तो पनि देश छ, जहाँका युवामा सेक्सका लागि कुनै मोह छैन, बरु सेक्सबाट टाढिदैछन् । जसको असर देशको जनसंख्या निरन्तर रुपमा घट्दो छ ।
पछिल्लो अध्ययनका अनुसार जापानमा ४० वर्षभन्दा कम उमेरका युवा युवतीहरु सेक्सबाट टाढिदैछन् । उनीहरुबीच रोमान्टिक अफयर्स पनि छैन । जसका कारण जापानको जनसंख्या घट्दो छ । युवाहरुमा देखिएको यस्तो समस्यालाई क्यालिबरी सिन्ड्रोम नाम दिइन्छ अर्थात ब्रम्हचारीको लक्षण ।
यसको एक महत्वपूर्ण कारण युवाहरुको बढ्दो महत्वकांक्षा । एक अध्ययनका अनुसार १८ देखि ३४ वर्ष उमेरका ६१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला पछिल्लो ५ वर्षदेखि न त कुनै रिलेशनशिप छन् न यौन सम्वन्ध नै राखेका छन् । प्राध्यापक टोमोमी यामागुचीका अनुसार पहिले जापानमा अविवाहित रहनु सामाजिक रुपमा असफलता मानिन्थ्यो, तर, पछिःलो दिनमा ट्रेन बदलिएको छ र युवाहरु एक्लै बस्न रुचाउँछन् ।
यसका लागि जापानी युवाहरु ऋाफ्नो करियरप्रति गम्भीर रहेको प्रोफेशनल जिम्मेवारीका कारण समयको अभाव, सम्वन्धमा आएको शिथिलता, महंगिएको जीवनशैलीलाई जिम्मेवार मानिएको छ ।
प्रतिक्रिया 4