+
+

जाजरकोटमा ओडारमा लुकाएको हतियार बरामद

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २८ गते १०:०६

२८ कात्तिक, जाजरकोट । जाजरकोटको खलंगा-८ पिपेस्थित रानीवनमा लुकाई राखेको थ्री नट थ्री राइफलसहितको हतियार प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले सर्च गर्दा ६ थान थ्री नट थ्री राइफल र एसएलआरमा प्रयोग हुने ३ सय ८५ राउण्ड गोली बरामद भएको हो । ‘जंगलको ओडारमा हतियार भेटिएको हो’ डीएसपी चत्रबहादुर सिंहले अनलाइनखबरसँग भन्नुभयो-‘गोलीहरु प्याल्टिकको डिब्बामा राखिएको थियो भने हतियारलाई प्लास्टिकमा बाँधेर राखिएको थियो ।’

राइफलहरु सुरक्षाकर्मीले प्रयोग गरेको जस्तो देखिएकाले शसस्त्र द्वन्द्वकालमा लुटिएको हतियार हुनसक्ने प्रहरीको आशंका छ । अहिले चुनाव विथोल्न यी हतियारहरु प्रयोग गर्न खोजेको आशंकामा प्रहरीले छानविन थालेको छ । यसअघि सोही वनमा प्रहरीले एक थान टु इनच मोर्टारसहित ४४ स्थानको हतियार बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?