शुक्रबारबाट काठमाण्डौको सर्वनाम थिएटरमा सुरु भएको तेश्रो अन्तरराष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा नेपाली चलचित्र ‘राहादानी’को मारुनी गीत पनि प्रदर्शन गरिएको छ । आइतबार सम्पन्न यो महोत्सवमा विभिन्न देशमा ३२ चलचित्र, बृत्तचित्र एवं म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।‘नेपाली चलचित्रमा मौलिक लोकसंगीत एवं नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र ‘राहदानी’मा मारुनी पूर्वेली मौलिक लोक नृत्य भाका समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसँगै प्रदर्शन गरिएको हो ।’
महोत्सबका अध्यक्ष रामप्रसाद कँडेलले भने । लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र ‘राहदानी’को मारुनी गीतको रिलिज कात्तिक १४ गते गरिएको थियो ।
डा. गोबिन्द कुसुमले लेखेको ‘साउनको ठूलो झरी’बोलको यो मारुनीमा बसन्त सापकोटाको संगीत छ । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका हुन् । चलचित्र ‘राहदानी’को प्रदर्शन चैत्र २८ गते निर्माणपक्षको भनाई छ ।
प्रतिक्रिया 4