+
+

समानुपातिकमा कांग्रेस ९१, एमाले ८४, माओवादी ५४, राप्रपा नेपाल २३

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १३ गते २०:५५

१३ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फ सबैभन्दा बढी १ सय ५ सीट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ ९१ सीट जितेर १ सय ९६ सीट पुर्‍याएको छ । एमालेले समानुपातिकमा ८४ सीट जितेको छ भने एमाओवादीले ५४ सीट हात पार्ने गरी मत प्राप्त गरेको छ । कमल थापाको राप्रपा नेपालले समानुपातिकमा २३ सीट हात पार्ने भएको छ ।

बिहीबार सकिएको समानुपातिकको मतगणनामा कांग्रेसले २४ लाख २१ हजार २ सय ५२ मत पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल ९९ लाख ५७ हजार ८ सय ४४ मत सदर भएको थियो भने १ सय २२ दलले भाग लिएका थिए ।

समानुपातिक मतगणना प्रविधिमा आधारित रहेर अनलाइनखबरले गरेको प्रारम्भिक विश्लेषणअनुसार कांग्रेसले ९१ सिट पाउनेछ । समानुपातिकतर्फ २२ लाख ४३ हजार ४ सय ७७ मत पाएको एमालेले ८४ सीट पाउने देखिन्छ । प्रत्यक्षतर्फ ९१ सिट जितेको एमाले १ सय ७५ सीटसहित संविधानसभाको दोस्रो ठूलो दल हुनेछ । तर, कांग्रेस भन्दा एमाले २१ सीटले तल परेको छ ।

प्रत्यक्षमा २६ सिट जितेको एमाओवादीले समानुपातिकमा १४ लाख ३८ हजार ६ सय ६६ मत पाएको छ । यस आधारमा उसले समानुपातिकमा ५४ सिट पाउनेछ । यससँगै अघिल्लो संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी ८० सीटका साथ आफूलाई तेस्रो दल बनाएको छ ।

यो निर्वाचनमा सबैभन्दा ठूलो छलाङ कमल थापा नेतृत्वको राप्रपा नेपालले मारेको छ । संवैधानिक राजतन्त्र र हिन्दु धर्म सापेक्षता राष्ट्रको एजेण्डा लिएर चुनावमा गएको राप्रपा नेपालले प्रत्यक्षमा कुनै सिट नजिते पनि समानुपातिकमा चौथो धेरै मत पाएको छ । समानुपातिकमा पाएको ६ लाख २४ हजार २ सय ८१ मतका कारण राप्रपा नेपालले समानुपातिकमा २३ सीट हात पारेर आफूलाई चौथो दलका रुपमा उम्याएको हो ।

पहिले भन्दा बढी दल

समानुपातिकतर्फको मत परिणामपछि अनलाइनखबरले गरेको प्रारम्भिक विश्लेषणअनुसार दोस्रंो संविधानसभामा ३१ दलको सहभागिता रहने देखिएको छ । पहिलो संविधानसभामा २५ दलमात्रै थिए । प्रत्यक्षतर्फ १० दलमात्रै छनोट भएकामा समानुपातिकमा २१ दल थपिएका छन् ।

अघिल्लोपटक संसिधानसभामा नआएका अखण्ड नेपाल, तराई मधेस समाजवादी पार्टी, थरुहट, मधेस समता पार्टी र जनजागरण पार्टी लगायत थपिएका छन् । पहिलो संविधानसभामा जस्तै यसपटक पनि २ जना स्वतन्त्र सभासदले चुनाव जितेका छन् ।

संविधानसभामा जाने ३१ दलको विवरण

samanupatik final list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?