+
+

पहिचानको मुद्दा हारेको छैन : जनजाति महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १७ गते १४:२३

१७ मंसिर, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासीको मागलाई वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । आदिवासी जनजातिका मुद्दा यथावत रहेको भन्दै उहाँले जनजातिहरु आफ्नो मुद्दाबाट कत्ति पनि विचलित नभएको बताउनुभयो ।

संविधानसभाको निर्वाचनपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कुमालले भन्नुभयो-‘पहिचान सहितको संघीयताको बहस र मुद्दा हारेको छैन । दवावका लागि सभ्य कार्यक्रम सकिएकोले आन्दोलनको विकल्प छैन ।’

जनजातिको माग जातीय राज्य नभई पहिचान भएको भन्दै उहाँले भन्नुभयो’हामीले जातीय राज्य मागेका हैनौ ।’ जनजाति महासंघले संविधासभाको समानुपाति सिटसंख्यामा आदिवासी जनजातिको जनसंख्याको आधारमा ३७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राखेको छ ।

महिलाको कोटामा आदिवासी जनजाति महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, नेपाल सरकार र आदिवासी जनजाति महासंघबीच भएका सहमति र सम्झौता अनुसार दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातिहरुलाई मन्त्रिपरिषदबाट मनोनित गरिने सिटबाट प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने लगायतका मागहरु महासंघले राखेको छ । आदिवासी जनजातिका मागहरु तत्काल सम्बोधन नभए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?