+
+

भ्रष्टाचारीलाई मृत्युदण्ड : तपाईलाई कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २८ गते १५:१५

उत्तर कोरियामा त्यहाँका शासक किम जोङ उनका फुपाजु चाङ सोङ थाएकलाई भ्रष्टाचार र देशद्रोहको आरोपमा फाँसीको सजायँ दिइएको छ ।

fasiउता बंगलादेशमा पनि युद्धअपराधको आरोपमा एकम नेता अब्दुल कादर मुल्लालाई फँसीको सजायँ सुनाइएको छ । नेपालमात्रै त्यस्तो देश हो, जहाँ मृत्युदण्ड र देश निकालालाई संविधानले नै बर्जित गरेको छ ।

कोरियाको विशिष्ट घटनाको विश्लेषण गर्दा बेग्लै निश्कर्ष निस्किएला । तर, राष्ट्रघात गर्ने, राष्ट्रका सूचनाहरु विदेशीलाई बेचेर देशद्रोह गर्ने, अकूत सम्पत्ति भ्रष्टाचार गरेर कालो धनले ७ पुस्ताको वर्गको रुपान्तरण गर्ने अनि संघीन अपराध गर्ने अपराधीहरुलाई मृत्युदण्ड दिनु उचित कि अनुचित भन्ने बहस हुन सकेको छैन । तर, लोकतान्त्रिक मुलुक भारत र अमेरिकामा पनि मृत्यदण्डसम्बन्धी कानून रहेको छ ।

चरम भ्रष्टाचार र जघन्य मानवअधिकार उल्लंघन गर्नेलाई मृत्युदण्ड दिनु ठीक कि बेठिक ? यस्ता अपराधीहरुलाई कस्तो सजायँ गर्दा बेस होला ?

१. भ्रष्टाचारीहरु एवं यस्तै संगीन अपराधीहरुलाई खुल्लामञ्चमा लगेर झुण्ड्याउनुपर्छ । 

२. मृत्युदण्ड मानवअधिकार विपरीत भएकाले यस्तो कानून नेपालमा बनाइनु हुँदैन । जस्तै अपराध गरे पनि मृत्युदण्ड दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?