+

शेयर बजार

३० च्याप्टर
Chapter - 16

सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?

२०८० चैत  १९ गते १७:०० २०८० चैत १९ गते १७:००

शेयर सूचीकरण खारेजी भन्नाले स्टक एक्सचेन्जमा किनबेच भइरहेको कम्पनीको शेयरलाई स्टक एक्सचेन्जको कारोबार सूचीबाट हटाउने प्रक्रियालाई बुझाउँछ । सूचीकरण खारेजीपछि त्यस्ता कम्पनीको शेयर कारोबार स्टक एक्सचेन्जको नियमित कारोबार प्लेटफर्ममा उपलब्ध हुँदैनन् ।

सामान्यतया स्टक एक्सचेन्जले तोकेको निश्चित मापदण्ड पूरा नगर्ने कम्पनीलाई शेयर बजारमा कारोबार हुन नसक्ने गरी सूचीकरण खारेज (डी–लिस्ट) गरिन्छ । डी–लिस्टेड कम्पनीको शेयर ओभर द काउन्टर (ओटिसी) मार्केटमा कारोबार गर्न सकिन्छ ।

शेयर सूचीकरण खारेजीका विभिन्न कारण हुनसक्छन् :

मापदण्डः स्टक एक्सचेन्जमा सूचीकृत हुनको लागि निश्चित मापदण्ड हुन्छन् जुन कम्पनीहरूले पूरा गर्नुपर्छ । यी मापदण्डहरूमा सामान्यतया वित्तीय पारदर्शिता र संस्थागत सुशासनका शर्त हुन्छन् । कुनै कम्पनीले यी शर्तहरू पूरा गर्न सक्दैनन् भने तिनलाई धितोपत्र कारोबारबाट वञ्चित गरिन्छ ।

वित्तीय संकटः व्यवसाय सञ्चालनमा कठिनाई भई पूर्ण रूपमा घाटामा रहेका कम्पनी वा बैंकको लिलामी वा अरू किसिमका गम्भीर वित्तीय संकटमा परेका कम्पनीको शेयरलाई स्टक एक्सचेन्जको सूचीकरणबाट हटाइन्छ ।

स्वेच्छिक डी–लिस्टिङः कम्पनीलाई पब्लिकबाट प्राइभेट बनाउने वा अर्कोसँग मर्ज गर्ने लगायत योजना अनुरूप केही कम्पनीले स्वेच्छिक रूपमा आफ्नो शेयर स्टक एक्सचेन्जबाट हटाउन सक्छन् ।

मुद्दा–मामिलाः कुनै कम्पनीले धितोपत्र सम्बन्धी नियम उल्लंघन गर्छ वा अरू कुनै कानूनी समस्यामा परेको छ भने पनि सूचीकरणबाट हटाउने गरिन्छ ।

बजार पूँजीकरणः कुनै कुनै मुलुकमा लगातार शेयर मूल्य घटेर कम्पनी बजार पूँजीकरणका हिसाबले अत्यन्तै सानो भयो भने स्टक एक्सचेन्जले सूचीकरणबाट हटाउने गर्छन्।

नेपालमा नेप्सेलाई बुझाउनुपर्ने सूचीकरण शुल्क लगातार तीन वर्षसम्म नबुझाएमा, कम्पनीले व्यवसाय गर्न छोडेमा, मर्ज वा एक्विजिसनका कारणले अस्तित्वमा नरहेमा सूचीकरण खारेज हुनसक्छ ।

धेरै पढिएका

शेयर बजार

शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक

शेयर लगानीकर्ताको निरन्तर शिक्षा र व्यावसायिक विकासका लागि अध्ययन अपरिहार्य हुन्छ ।

शेयर बजार

शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक

पढाइ शेयर कारोबारीको निरन्तर शिक्षा र व्यावसायिक विकासका लागि आवश्यक पक्ष हो ।

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...

शेयर बजार

स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?

बजार पूँजीकरणले लगानीकर्ताहरूलाई कम्पनीको जोखिम र सम्भावित प्रतिफल मापन गर्न मद्दत गर्छ । यसलाई लगानी रणनीति र सूचकांकहरूमा शेयर वर्गीकरण...

0 %

पढिसक्नुभयो !