नेपाली सिनेमामा लामो समय बिताइसकेकी नायिका हुन्, नन्दिता केसी । नन्दिता केसी आफैमा जती आकर्षक छिन्, त्यती नै आकर्षक पहिरन पनि लगाउँछिन् । पहिरनकै कारण उनका चर्चा पनि हुने गरेको पाइन्छ । उनै नायिका नन्दिता केसीसँग अनलाइनखबरका लागि विजय आवाजले पहिरनका बिषयमा गरेको कुराकानी :
१. तपाई कस्तो पहिरनमा सेक्सी देखिनुहुन्छ ?
म सेक्सी त धेरैजससो पहिरनमा देखिन्छु । तर सारीमा अझै आकर्षक देखिन्छु कि भन्ने लाग्छ ।
२. तपाइलाई मनपर्ने पहिरन कुन हो ?
म सारीको खुबै फ्यान हुँ । सारी मलाई सबैभन्दा धेरै मनपर्छ ।
३. हालसम्म लगाएको महंगो ड्रेस कुन थियो ?
मैले ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा लगाएको सारी र ब्लाउज महंगो थियो । त्यसलाई करिब ५० हजार परेको थियो ।

४. तपाइलाई कस्को डिजाइन लगाउन मन लागेको छ ?
प्रबल गुरुङको डिजाइन लाउने सोख छ ।
५. कस्तो पहिरनमा तपाई हट देखिनुहुन्छ ?
त्यो त मैले विचार गरेको छैन । तर नारीलाई सुन्दर देखाउने पहिरन सारी नै हो ।
६.कस्तो पहिरन लगाउने पुरुषले आकर्षण गर्छन् ?
पुरुष सुट पाइन्टमा नै धेरै आकर्षक देखिन्छ जस्तो लाग्छ ।
७.कुन महिला सेलिब्रेटीको पहिरनले धेरै आकर्षण गर्छ ?
मलाई माल्भिका सुब्बाको पहिरन सेन्स खुबै मनपर्छ । यस बाहेक करिश्मा मानन्धरको पनि आकर्षक हुन्छ ।
८. तपाई ड्रेसमा कति बजेट छुट्टयाउनुहुन्छ ?
यती नै भन्ने त छैन । म विदेश गएको बेलामा एकैपटक धेरै कपडा लिएर आउँछु । दशैमा कुर्ताका लागि ४० हजारसम्म पनि खर्च गरेको छु । यसैले यती नै भन्ने छैन ।
९. सपिङ गर्ने स्थानहरु कुन-कुन हुन् ?
प्राय कार्यक्रमका लागि विदेश जाने भएकाले म त्यतैबाट ल्याउँछु । नेपालमा लाइक्रा बुटिकमा पहिरन डिजाइन गर्छु । यसबाहेक सिटी सेन्टर पनि मेरो रोजाइमा पर्छ ।
१०. घर बस्दा कस्ता पहिरन लगाउनु हुन्छ ?
समरमा हाफ पाइन्ट, स्यान्डो लगाउँछु । जाडोमा ट्राउजर, ज्याकेट लगाउँछु ।
११. बलिउडमा कुन नायिकाको पहिरनको तपाई खुबै फ्यान हो ?
म सोनम कपुरको पहिरनको फ्यान नै हुँ ।
१२. नेपाली सिनेमाको पर्दामा नायिकाहरुले लगाउने पहिरनको बिषयमा कस्तो धारणा छ ?
पहिले-पहिले पारिश्रमिकका लागि दिएको रकमले नै हिरोइनहरुले पहिरन ल्याउनुपर्ने हुन्थ्यो । तर अब भने डिजाइनर नै राखेर ड्रेस डिजाइन हुन थालेको छ । यो सकारात्मक पक्ष हो भन्ने लाग्छ ।
१३. जस्तो हिरोइनहरु, सार्वजनिक कार्यक्रममा राम्रोसँग बस्न नजान्दा, पहिरनकै कारणले आलोचित हुने गरेका छन्, आखिर कमजोरी कस्को हो ?
यसमा त आफूले नै ध्यान दिनुपर्छ नि हैन र । आफूले कस्तो पहिरन लगाएको छु, यस बिषयमा सजग भएनौ भने त आलोचित हुने खालका तस्बिर सार्वजनिक भैहाल्छन् नि ।
प्रतिक्रिया 4