Comments Add Comment

अरुणिमाको भान्छा : ‘भान्टा र करेला पाक्दैन’

arunima-lamasal
छोरीलाई जन्म दिएपछि नायिका अरुणिमा लम्सालको व्यस्तता सिनेमामा भन्दा किचेनमा ज्यादा भएको छ । छोरीका रहरका खानेकुरा पनि पकाउनुपर्ने कार्यभार उनलाई थपिएको छ । अर्कोतिर आफै पनि खानेकुराको सौखिन भएकाले उनी परिकार बनाउन अल्छी मान्दिनन् । उनै अरुणिमासँग अनलाइनखबरका लागि विजय ‘आवाज’ले गरेको परिकार गफ :
१. मिठो पकाउने खानेकुरा ?
मासुका आइटम सबै
२. पकाउनै नआउने खानेकुरा ?
सेल रोटी
३. तिहारमा सेलरोटी कसरी पकाउनुहुन्छ त ?
पकाउने मान्छे बोलाउछु
४. मनपर्ने परिकार ?
मासुको आइटम सबै मनपर्छ ।
५. मननपर्ने परिकार ?
भान्टा र करेला फिटिक्कै मनपर्दैन
६. खानाको लागि पहिलो रोजाइको स्थान ?
नाङ्लो बेकरी र माइती घर
७. खानामा खर्च कति हुन्छ ?
ठ्याक्कै यती नै भनेर छुट्टयाएको छैन ।
८. डाइटिङ कत्तिको गर्नुहुन्छ ?
कहिले पनि गर्दिन । मन लागेको कुरा मज्जैले खाइन्छ । तर छोरी जन्माएपछि तौल घटाउन केही समय गरेको थिए ।
९. डाइटिङ रहर कि वाध्यता ?
यो त वाध्यता नै हो ।
१०. सधै पकाउन मन लाग्ने विशेष परिकार ?
चिया पकाउन अल्छी लाग्दैन । जतिबेला पनि पकाउन सक्छु ।
११. देख्ने वित्तिकै मुख रसाउने परिकार ?
अमिलो पिरो
१२. मिठो नपकाएर गाली खाएको दिन छ कुनै ?
त्यस्तो आजसम्म परेको छैन ।
१३. पकाउन अल्छी लाग्छ कि रहर, या यो वाध्यता नै हो ?
मलाई त रहर लाग्छ ।
१४. परिकारका लागि कुन चाड मनपर्छ ?
दशै र तिहार बिशेष मनपर्छ ।
१५. छोरी जन्माउनुअघि र जन्माएपछि भान्छामा व्यस्तता कुन समयमा बढि छ ?
छोरी जन्माएपछि नै बढि भएको छ । किनकी, छोरीको चाहना अनुसारका पनि खानेकुरा पकाउनुपर्छ ।
१६. भान्छामा कसको रोजाइ धेरै पाक्छ ?
आफूलाई मनपर्ने परिकार भए मात्र छिर्छु । होइन भने त, टाढैबाट हेर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment