२० साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत शान्तिराम निरौला र नायवसुव्वा रुपक कुमार पोखरेललाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
अख्तियारले निरौला र पोखरेलको मिलेमतोमा माल सामानहरुको गलत घोषणा, घोषण भन्दा बढी परिमाण र मूल्य फरक गरी जाँचपास भएको देखिएकाले बहालै राखी अनुसन्धान गर्दा आफू विरुद्धका प्रमाण नष्ट गर्नुका साथै अनुसन्धानमा समेत बाधा पुर्याउन सक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न अर्थ मन्त्रालयलाई पत्र काटेको हो ।
कर्मचारी र भन्सार एजेन्टवीचको मिलेमतोमा विदेशबाट आयात गरिने मालसामानहरुको मूख्यांकन, जाँचपास गर्ने क्रममा मालसामानको गलत घोषणा, फरक एवं न्युन मूल्यांकन गरी अनियमितता तथा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4