+
+

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका पूर्वनिर्देशकसहित ८ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १८:१२

२१ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुका पूर्वनिर्देशक आनन्दकुमार श्रेष्ठसहितका ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनस्वास्थ्य अधिकृत रत्‍नलाल श्रेष्ठ, शाखा अधिकृत रुपनारायण खतिवडा, लेखा अधिकृत यदुयराज शर्मा नेपाल, फर्माशिष्ट भरतमणी मरहठ्ठा, जनस्वास्थ्य निरीक्षकहरू रामशरण अधिकारी र रामजी घिमिरे तथा खरिदार कविराज सुवेदी छन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन कुमार श्रेष्ठ तथा शाखा अधिकृत डोलराज शर्मा हाल फरार रहेको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०६८।६९ र ०६९।७० मा केन्द्र तथा जिल्लाहरूमा गरिएका कार्यक्रमहरुको रकम अनियमितता गरेको अख्तियारको दावी छ । हवाई टिकट, होटलको हल भाडा, खाजा, खाना तथा स्टेशनरी, सरकारी गाडी प्रयोग गरेको देखाई पेट्रोल खरिद गरेको लगायतका झुटा विल पेश गरेको अख्तियारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?