६ साउन काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले मलेसियाका मानव संसाधन मन्त्री रिचार्ड रोइत अनक मिलाई मलेसियामा रहेका नेपालीहरुलाई कुनै समस्या आउन नदिन आग्रह गरेका छन् । मलेसियाको विकासमा नेपाली कामदारको योगदान रहेको उल्लेख गर्दै कोइरालाले यस्तो आग्रह गरेका हुन् ।
बिहीबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा मलेसियाको विकास प्रयासले आफूलाई निकै प्रेरित गरेको बताउए । उनले विकासको लागि शान्ति र स्थायित्व अपरिहार्य भएको र नेपाल अहिले त्यसकै प्राप्तिको मार्गमा रहको उल्लेख गरे । प्रधानमन्त्रीले आगामी माघ ८ भित्रै संविधान जारी हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा मलेशियाका मानव संसाधन मन्त्री जिमले नेपालमा हालै आएको बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
उनले नेपालीहरुमा रहेको मिहेनती स्वभाव, कामप्रतिको लगाव, आज्ञाकारिता जस्ता असल गुणहरुले नेपाली जनशक्ति लिन आफूहरु इच्छुक रहेको बताए । उनले मलेसियाको स्थापनाको साथै विद्रोहीहरुलाई सामन गरेर मलेसियामा शान्ति र स्थायित्व कायम गर्न गोर्खा रेजिमेन्टका नेपालीहरु गरेको योगदानको पनि स्मरण गरे ।
जिमले मलेसियासँग अन्य मुलुकसँग भएका श्रम संझौताको मानक तयार भए पनि नेपालीका लागि घरेलु कामदारको रुपमा महिला र पुरुष दुवैलाई लैजाने माग रहेकोले सो अनुरुप काम गर्न केही समय लागेको बताए । उनका अनुसार मलेसियामा ४ लाख ३४ हजार नेपाली कामदार कार्यरत छन ।
सो अवसरमा मन्त्री जिमले नेपालमा उडान गरिरहेको मलेसियन एअरलाइन्सका कर्मचारी र नेपालमा रहेका मलेसियाली नागरिकहरुले नेपालको बाढी र पहिरो पीडितहरुको उद्धारमा सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषलाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4