मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका ब्यबसायीक साझेदार अली मोरानीलाई अण्डरवल्डले धम्कि दिएपछि मुम्बई प्रहरीले शाहरुखको सुरक्षामा विशेष सर्तकता अपनाएको छ ।
अण्डरवल्ड ग्याङका रबि पुजारीले हालै अलि मोरानीलाई फोन गरेर फिरौती माग्नुका साथै धम्कि दिएका थिए । फोनवाट फिरौति मागेपछि शनिवार मोरानीको जुहुस्थित घर अगाडी अज्ञात समुहले पाँच राउण्ड फायरिङ समेत गरेको थियो । प्रहरीले मोरानीलाई हतास बनाउन अण्डरवल्डकै समूहले फायरिङ गरेको अनुमान गरेको छ ।
मुम्बई प्रहरीले अण्डरवल्डले मोरानीसंगै शाहरुखलाई पनि निशाना बनाउन सक्ने भन्दै उनको सुरक्षामा विषेश सतर्कता अपनाएको जनाएको छ । सो समुहले यसअघि पनि केही फिल्म निर्मातासंग फिरौति असुल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4