+

एपीएफलाई हराउँदै झापा फाइनलमा

२०७१ भदौ  २२ गते १५:१२ २०७१ भदौ २२ गते १५:१२
एपीएफलाई हराउँदै झापा फाइनलमा

२२ भदौ, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता रहेको झापाले एपीएफलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

दशरथ रंगशालामा भएको खेलमा झापाले २२ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो । उनले प्रवेश कटवालको फि्र किकमा गोल गरे ।

६१ औं मिनेटमा विशाल राईको प्रहार एपीएफका गोलरक्षले उत्कृष्ट बचाउ गरे । ८४ औं मिनेटमा पाल्साङ लामाले कर्ण लिम्बुलाई फल गरेपछि झापाले पेनाल्टी पायो, जसमा कर्णले नै गोल गर्दै झापालाई जित दिलाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय