+

स्वदेश फर्किए काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली, एयरपोर्टमा टीका र जमरा

२०८१ असोज  २७ गते १३:३८ २०८१ असोज २७ गते १३:३८
स्वदेश फर्किए काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली, एयरपोर्टमा टीका र जमरा

२७ असोज, काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका  र जमरा लगाइ दिएका थिए ।  यस्तै संघका पदाधिकारीले खेलाडीहरुलाई दशैँको टीका समेत लगाइदिए ।

पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो ।

फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्वेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले पहिलो सेट टाइब्रेकमा २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने उज्वेकिस्तान खेफमा हावी बन्यो र २५–१०, २५–१६, २५–२० ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

६ टोली सहभागि प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहेर च्याम्पियन बन्यो । लिग चरणमा उज्वेकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको थियो ।
लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग पराजित रहेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो । तुर्कमिनिस्तानले रोमाञ्चक खेलमा किर्गिस्तानलाई २३–२५, २३–२५, २५–२०, २५–२३, १५–१३ ले हरायो ।

आयोजक श्रीलंका पाँचाै भयो । प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता थियो । 

 

तस्वीरहरू : आर्यन धिमाल/ अनलाइनखबर

काभा यु-२० पुरुष भलिबल नेपाली टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय