News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका ओपनर फिल साल्ट करिब एक महिनापछि औंलाको चोटबाट निको हुँदै यसै साता भारत फर्किने तयारीमा छन्।
- रोयल च्यालेन्जर्स बेंगलुरुले प्लेअफअघि स्थान सुरक्षित गरिसकेको छ र क्वालिफायर १ पुग्ने सम्भावना बलियो बनाएको छ।
- बेंगलुरुका कप्तान रजत पाटिदार पनि चोटबाट निको हुँदै फर्किने अपेक्षा गरिएको छ।
६ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुलाई आईपीएलको प्लेअफअघि ठूलो राहत मिल्ने भएको छ । इंग्ल्यान्डका ओपनर फिल साल्ट करिब एक महिनापछि औंलाको चोटबाट निको हुँदै यसै साता भारत फर्किने तयारीमा छन् ।
साल्टले अप्रिल १८ मा दिल्ली क्यापिटल्स विरुद्धको खेलमा बाउन्ड्री रोक्ने क्रममा बायाँ हातको औंलामा चोट बोकेका थिए । त्यसपछि उनी उपचारका लागि स्वदेश फर्किएका थिए र परिवारसँग समय बिताइरहेका थिए ।
उनको अनुपस्थितिमा पनि बेंगलुरुले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ र क्वालिफायर १ पुग्ने सम्भावना बलियो बनाएको छ । यद्यपी टोलीले प्लेअफ नजिकिएकाले उनलाई हतारमा मैदानमा उतार्ने सम्भावना भने कम छ । त्यसैले सनराइजर्स हैदराबादसँग शुक्रबार हुने खेलमा उनको सहभागिता अनिश्चित छ ।
साल्टको स्थानमा इंग्ल्यान्डकै जेकब बेथेलले विराट कोहलीसँग ओपनिङ गरेका थिए, तर उनले सात इनिङमा केवल ९६ रन मात्र बनाउन सकेका छन् । यता भेन्कटेश अय्यरले पन्जाब किङ्स विरुद्धको खेलमा अविजित ७३ रन बनाएपछि टोली छनोटमा प्रतिस्पर्धा अझ रोचक बनेको छ ।
बेंगलुरुका कप्तान रजत पाटिदार पनि चोटबाट निको हुँदै फर्किने अपेक्षा गरिएको छ, जसले प्लेअफअघि टोलीलाई थप बलियो बनाउनेछ ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4