News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाले एसियन गेम्सको तयारीका लागि नेपाललाई पहिलो महिला टी-२०आई खेलमा ६८ रनको लक्ष्य दिएको छ।
- मलेसियाले १६.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको थियो।
- नेपालका पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए।
६ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।
मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए ।
नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।
प्रतिक्रिया 4