+

फिफा विश्वकप २०२६ को लागि पोर्चुगलको टोली घोषणा

२०८३ जेठ  ६ गते ८:२७ २०८३ जेठ ६ गते ८:२७
फिफा विश्वकप २०२६ को लागि पोर्चुगलको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलले फिफा विश्वकप २०२६ का लागि २७ सदस्यीय टोली घोषणा गरेको छ।
  • मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बुधबार पत्रकार सम्मेलनमा टोली सार्वजनिक गरेका हुन्।
  • पोर्चुगलले समूह चरणमा डीआर कंगो, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

५ जेठ, काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ को लागि टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बुधबार आयोजित पत्रकार सम्मेलनमा २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

फिफा विश्वकप आउने जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।

विश्वकप खेल्ने अन्तिम टोलीमा २६ सदस्य हुने भएपनि पोर्चुगलले २७ सदस्यीय टोली घोषणन गरेको हो । पोर्चुगलले टिममा ४ गोलकिपर समावेश गरेको छ ।

पोर्चुगलले समूह चरणमा डीआर कंगो, उज्वेकिस्तान र कोलम्बियासँग खेल्नेछ ।

पोर्चुगलको टोली
गोलकिपर: डिएगो कोस्टा, जोस सा, रुइ शिल्भा, रिकार्डव भेल्हो
डिफेण्डर : डिएगो डालोट, माथेउस नुनेन, नेल्सन सेमेडो, ओआओ कान्सेलो, नुनो मेन्डेज गोल्कासो इनासियो, रेनाटो भेइगा, रुबेन डियाज, तोमस अराउजो
मिडफिल्डिर : रुबेन नेभेज, सामुएल कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेज, बर्नानर्डो शिल्भा
फरवार्ड : जोआओ फेलिक्स, फ्रान्सिस्को ट्रिनकाओ, फ्रान्सिस्को कोनसेइकाओ, पेड्रो नेटो, राफाएल लिआओ, गोन्कासो गुएडेस, गोनकालो रामोस, क्रिस्टियानो

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय