News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ।
- म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेपछि आर्सनलको उपाधि पक्का भएको हो।
- आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटीको ७८ अंक छ र आर्सनलको यो १४औं लिग उपाधि हो।
६ जेठ, काठमाडौं । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो ।
प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । गएराति बराबरी खेलेपछि सिटीले अब आर्सनललाई भेटाउने छैन ।
गएराति बर्नमाउथले घरेलु मैदानमा सुरुवाती अग्रता लिएको थियो । ३८औं मिनेटमा क्रुपी जुनियरले गोल गर्दै अग्रता दिलाए । एर्लिङ हालान्डले सिटीका लागि खेलको अन्तिम समयतिर गोल गर्दै बराबरी गरे ।
आर्सनलले पछिल्लोपटक सन् २००४ मा प्रिमियर लिगको उपाधि जितेको थियो । आर्सनलको यो १४औं लिग उपाधि हो ।
प्रतिक्रिया 4