News Summary
Generated by OK AI. Editorially reviewed.- पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन १ को मुख्य प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ।
- प्रतियोगिता इन्डोनेसियाको जकार्तामा जुन २ देखि ७ सम्म हुनेछ र ५ लाख अमेरिकी डलर पुरस्कार राशिका लागि हुनेछ।
- नेपालबाट होरा ईस्पोर्ट्स समूह ‘ए’ मा र ट्रेन्ड टू किल समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछन्।
५ जेठ, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन १ को मुख्य प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ ।
३२ टोलीलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगिता इन्डोनेसियाको जकार्तामा जुन २ देखि ७ सम्म हुनेछ, जहाँ ५ लाख अमेरिकी डलर पुरस्कार राशिका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपालबाट होरा ईस्पोर्ट्स र ट्रेन्ड टू किल (टीटूके) पनि प्रतियोगितामा सहभागी छन् । होरा ईस्पोर्ट्स समूह ‘ए’ मा छ भने टीटूके समूह ‘बी’ मा छ । दक्षिण एसियाबाट पाकिस्तानको फोर थ्राइभ्स पनि छनोट भएको छ ।
समूह चरण दुई दिन चल्नेछ, जहाँ प्रत्येक समूहका शीर्ष ६ टोली सिधै ग्रान्ड फाइनलमा पुग्नेछन् । बाँकी २० मध्येबाट पुछारका चार टोली बाहिरिने छन् भने १६ टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् ।
सर्भाइभल स्टेजबाट चार टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेता स्म्यास रुल फर्म्याटमार्फत तय हुनेछ ।
प्रतिक्रिया 4