News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
- सदस्यहरूले महासंघमा आर्थिक अपारदर्शिता, कुशासन, खेलाडीका मागको बेवास्ता र विधान उल्लंघन भएको आरोप लगाएका छन्।
- सदस्यहरूले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र साधारणसभा काठमाडौंमै गर्नुपर्ने माग गरेका छन्।
५ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
सदस्यहरूले महासंघमा आर्थिक अपारदर्शिता, कुशासन, खेलाडीका मागको बेवास्ता र विधान उल्लंघन भएको आरोप लगाएका छन् ।
अध्यक्ष र महासचिवको मनोमानीका कारण नेपालमा चेस सीमित घेरामा खुम्चिएको, वैदेशिक प्रतियोगितामा छनोटमा मनोमानी भएको र महासंघ प्रशासनिक रूपमा समेत असफल भएको उनीहरूको दाबी छ।
महासंघको आफ्नै कार्यालय नभएको, नियमित अडिट नगरेको, वार्षिक नीति तथा कार्यक्रम साधारणसभाबाट पास नगराएको र कार्यसमितिका निर्णय कार्यान्वयन नभएको आरोप पनि लगाइएको छ ।
चार खेलाडीले यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएपछि छानबिन समिति गठन भएको उल्लेख गर्दै सदस्यहरूले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
साथै, हेटौंडामा तय गरिएको साधारणसभा काठमाडौंमै गर्नुपर्ने मागसमेत गरेका छन्।
प्रतिक्रिया 4